२०८१ बैशाख १३ गते बिहिबार | 25 April, 2024

पछिल्लो २४ घण्टामा थपिए १ हजार ८०१ जना काेराेना संक्रमित, २४ जनाको मृत्यु

- विशेष खबर सोमबार ०७, भदौ २०७८ ०५:४६

पछिल्लो २४ घण्टामा थपिए १ हजार ८०१ जना काेराेना संक्रमित, २४ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ७०४ पीसीआर परीक्षण गर्दा १५ सय ४८ र २ हजार ६२२ को एन्टीजेन परीक्षण गर्दा २५३ गरी १ हजार ८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २४ जनाको मृत्यु भएको छ भने १ हजार ९२४ जना निको भएका छन् ।

सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ४८ हजार ९८१ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार ५३३ पुगेको छ भने ७ लाख ९७ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३५१ जना रहेका छन् ।

जसमध्ये ३५ हजार १३२ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार २१९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६७९ जना आईसीयू र १७६ जना भेन्टिलेटरमा उपचाररत् छन् ।


#काेराेना संक्रमण #स्वास्थ्य मन्त्रालय

प्रतिकृया दिनुहोस