- विशेष खबर शुक्रबार ०४, भदौ २०७८ ०८:२६
काठमाडौँ । जापान सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएको १६ लाख एस्ट्राजेनेका खोपमध्ये बाँकी ८ लाख डोज शनिबार र सोमबार पुग्ने भएको छ ।
काठमाडौंस्थित जापानी राजदूतावासले बिहीबार विज्ञप्ति जारी गर्दै बाँकी रहेको ८ लाख खोप छिट्टै आउन लागेको बताएको हो ।
जापान सरकारले १६ लाख १४ हजार ७४० खोप सहयोग गरेको थियाे । त्यसमध्ये आधा खोप करिब ८ लाख डोज साउन २३ र २४ गते काठमाडौं पुगेको थियो ।
नेपालका लागि जापानी राजदूत किकुता युताकाले खोप सहयोग दुई मुलुक बीचको मित्रताको विम्ब भएको बताएका छन् । उक्त खोप कोभ्यासको सुविधा अन्तर्गत जापान सरकरले दिएको हो ।
प्रतिकृया दिनुहोस