२०८१ बैशाख ०६ गते बिहिबार | 18 April, 2024

पछिल्लो २४ घण्टामा थप ३ हजार २७४ जनामा कोरोना संक्रमण पुष्टि

- विशेष खबर मङ्गलबार ०१, भदौ २०७८ ०५:५६

पछिल्लो २४ घण्टामा थप ३ हजार २७४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार २७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ११ हजार ५ सय ६५ पीसीआर परीक्षण गर्दा २ हजार ४५६ जना र ६ हजार १२४ एन्टिजेन परीक्षण गर्दा ८ सय १८ गरी ३ हजार २७४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ भने १ हजार ९२९ जना निको भएका छन् ।

मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ३७ हजार २२९ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार ३५४ पुगेको छ भने ६ लाख ८७ हजार ६९ जना संक्रमणमुक्त भएका छन् ।

 


#कोरोना संक्रमण #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

प्रतिकृया दिनुहोस