२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

पूर्वसभामुख महराविरुद्धकाे मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै

आइतबार ०४, फागुन २०७६ ०४:२७

पूर्वसभामुख महराविरुद्धकाे मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै

काठमाडौँ , पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धकाे मुद्दामा अन्तिम सुनुवाइ भइरहेको छ । काठमाडौं जिल्ला अदालतमा सुनुवाइ भइरहेको हाे ।

जिल्ला न्यायाधीश अम्बरराज पाैडेलकाे इजलासमा अन्तिम सुनुवाइ चलिरहेको हाे। महराकाे पक्षबाट रमण श्रेष्ठ, शेरबहादुर केसी र भीमार्जुन आचार्यकाे बहस सकिएकाे छ।

लभ मैनाली, दिनमणी पाेखरेल र एक अर्का अधिवक्ताले बहस गर्न बाँकी रहेकाे महराका पक्षबाट बहसमा संलग्न एक अधिवक्ताले जानकारी दिए।

संघीय संसद्को सचिवालयमा कार्यरत कर्मचारीमाथि बलात्कारको प्रयास गरेको आरोपमा महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको थियाे ।


#Mahara

प्रतिकृया दिनुहोस