२०८० चैत १६ गते शुक्रबार | 29 March, 2024

एम्बुलेन्स दुर्घटनामा एकको मृत्यु

- रासस शनिबार ३०, साउन २०७८ ०९:१६

एम्बुलेन्स दुर्घटनामा एकको मृत्यु

राेल्पा । रोल्पामा एम्बुलेन्स दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।

स्मृति अस्पताल प्रालिको एम्बुलेन्स दुर्घटना हुँदा माडी गाउँपालिकाका–६ निवासी ३७ वर्षीय ओमप्रकाश घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताए ।

माडी गाउँपालिकाका–२ मा शनिबार बिहान ३ः५० बजेतिर दुर्घटना भएको प्रहरी नायब उपरीक्षक सुवेदीले जानकारी दिए ।

भैरहवाबाट कोर्चाबाङ शव पुर्याएर फर्कने क्रममा शहीदमार्ग सडकखण्डको माडी–२ खोलबाङमा दुर्घटना भएको हो । दुर्घटनामा एक जना घाइते भएका छन् ।

एम्बुलेन्स सडकबाट झण्डै ७०० मिटर तल खसेको थियो । 


प्रतिकृया दिनुहोस