२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

काेराेना खोप प्रमाणिकरण गर्न तीन अस्पताल थपिए

- रासस शुक्रबार २९, साउन २०७८ ०९:४३

काेराेना खोप प्रमाणिकरण गर्न तीन अस्पताल थपिए

काठमाडाैं । विगतमा कोरोना विरुद्धको भ्याक्सिन लगाएका व्यक्तिलाई वैदेशिक यात्राको प्रयोजनका लागि थप तीन अपतालबाट खोपको प्रमाणिकरण गर्न किने व्यवस्था मिलाइएको छ ।

 

गृह मन्त्रालयका अनुसार यसअघि टेकु अस्पतालबाट हुँदै आएकामा अब त्यसका अतिरीक्त पाटन, नेपाल प्रहरी तथा निजामती अपतालबाट प्रमाणीकरण गर्न सकिने व्यवस्था मिलाइएको गृह मन्त्रालयले शुक्रबार एक सूचना जारी गरी जनाइएको छ । यसअघि टेकु अस्पतालबाट मात्रै प्रमाणीकरण हुँदै आएको थियो ।

 

विदेश जाने मानिसको चाप बढ्दै गएकाले उक्त व्यवस्था गरिएको जारी सूचनामा उल्लेख छ । यसअघि उपत्यका बाहिरका ५० शैयाभन्दा माथिका सरकारी अस्पतलासमेतबाट खोप प्रमाणीकरण गर्ने व्यवस्था छ । जारी सूचनामा कतिपय मुलुकले क्यूआर कोडसहितको खोप प्रमाणीकरणलाई मात्रै मान्यता दिने गरेको सन्दर्भलाई दृष्टिगत गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको वेव साइट https://vaccine.mohp.gov.np मा खोप लगाएको विवरण प्रविष्ट गरी प्रमाणीकरण गर्न किनेछ ।

 

आवश्यक कागजात अनलाइन फर्ममा रहेको कबुलियतनामाको नमूना अपलोड गरी उक्त कोड प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको जनाइएको छ । यसरी अपलोड भएका कागजात स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको अनलाइनबाट स्वतःप्रमाणीकरण हुने हुनाले क्यूआर कोड सबैले पाउने व्यवस्था मिलाइएको छ ।

 

यस विषयमा कुनै समस्या परेमा वरिष्ठ जनस्वास्थ्य अधिकृत दीपक झा (मोवाइल ९८४३२८४३५२ मा)लाई सम्पर्क गर्न सकिने गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा छ ।


प्रतिकृया दिनुहोस