२०८१ बैशाख ०७ गते शुक्रबार | 19 April, 2024

पछिल्लो २४ घण्टामा थप ३ हजार ९१५ जनामा कोरोना संक्रमण पुष्टि

- विशेष खबर शुक्रबार २९, साउन २०७८ ०४:५९

पछिल्लो २४ घण्टामा थप ३ हजार ९१५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ९१५ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ ।

११ हजार ७ सय ८ पीसीआर परीक्षण गर्दा २ हजार ७६३ जना र ६ हजार ८७४ एन्टिजेन परीक्षण गर्दा १ हजार १ सय ५२ गरी ३ हजार ९१५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ भने २ हजार ११८ जना निको भएका छन् ।

यस्तै संक्रमितमध्ये काठमाडौं उपत्यकामा एक हजार ८९ जनालाई संक्रमण देखिएको छ। काठमाडौंमा ७९९, ललितपुरमा १२८ र भक्तपुरमा १६२ जना संक्रमित थपिएका हुन्।

त्यस्तै २ हजार ११८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। अहिलेसम्म ६ लाख ७९ हजार ४९५ जना कोरोना मुक्त भएका छन्। 


#कोरोना भाइरस

प्रतिकृया दिनुहोस