२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

भासु भीरमा जिप दुर्घटना, २ जनाकाे मृत्यु

बुधबार २७, साउन २०७८ ०९:२७

भासु भीरमा जिप दुर्घटना, २ जनाकाे मृत्यु

सुदूरपश्चिम । धनगढी–डडेलधुरा (भीमदत्त)राजमार्गअन्तर्गत कैलालीको भासुभीर खण्डमा बुधबार साँझ प्रदेश ३-०१-००२३ च ९०५९ नम्बरको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 
 
धनगढीबाट डोटीको गैरा जाँदै गरेको उक्त जीप सडकबाट झण्डै ३०० मिटर तल खसेर दुर्घटना भएको जनाइएको छ ।

मृत्यु हुनेमा कैलालीको चुरे गाउँपालिकाकी ३६ वर्षीया दुर्गा साउँद र डोटीको जोरायल गाउँपालिकाका पाँच वर्षीया एलिसा खड्काको उपचारका लागि पद्मा अस्पतालमा पुर्याउँदा मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । 
 
दुर्घटनामा जोरायल गाउँपालिकाका जीप चालक रमेश खड्का, आठ वर्षका बालक सुशील साउँद र निर्मला खड्का घाइते भएका छन् । बालकको अवस्था गम्भीर छ ।

घाइतेलाई उपचारका लागि धनगढीको माया मेट्रो अस्पतालमा भर्ना गरिएको छ । -(रासस)


प्रतिकृया दिनुहोस