२०८१ बैशाख ०८ गते शनिबार | 20 April, 2024

थप ३ हजार ४८१ जनामा कोरोना संक्रमण पुष्टि, ३० जनाकाे मृत्यु

- विशेष खबर बुधबार २७, साउन २०७८ ०५:१५

थप  ३ हजार ४८१ जनामा कोरोना संक्रमण पुष्टि, ३० जनाकाे मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार ४८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९०७ पीसीआर परीक्षणमा २ हजार ६१६ र ५ हजार ७४९ एन्टिजेन परीक्षणमा ८६५ सहित उक्त संक्रमित थपिएका हुन् ।

जसमध्ये काठमाडौं उपत्यकामा ९६४ संक्रमित भेटिएका छन् । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ३० जनाको मृत्यु भएको छ  भने १ हजार ८८५ जना निको भएका छन् ।

बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख २३ हजार २९६ पुगेको छ। योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार १८० पुगेको छ भने ६ लाख ७५ हजार ८३ जना संक्रमणमुक्त भएका छन्।


#काेराेना संक्रमण #स्वास्थ्य मन्त्रालय

प्रतिकृया दिनुहोस