२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

भजनकीर्तन भइरहेका बेला माइकमा करेन्ट प्रवाह, दुई जनाको मृत्यु

बुधबार २७, साउन २०७८ ०७:३१

भजनकीर्तन भइरहेका बेला माइकमा करेन्ट प्रवाह, दुई जनाको मृत्यु

धनुषा । धनुषामा भजनकीर्तन भइरहेका बेला माइकमा करेन्ट प्रवाह भई दुई कीर्तनमण्डलीको ज्यान गएको छ ।

क्षीरेश्वरनाथ नगरपालिका–३ पर्साटोलका बुलन यादवको घरमा मङ्गलबार भइरहेको भजनकीर्तनमा माइकमा करेन्ट प्रवाह हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । 

मृत्यु हुनेमा जिल्लाको लक्ष्मीनिया गाउँपालिका–३ बस्ने ५५ वर्षीय विन्दा दास र ५० वर्षीय मनिराम यादव रहेको प्रहरीले जनाएको छ ।

दुवै जनाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । -(रासस)


प्रतिकृया दिनुहोस