२०८० चैत १५ गते बिहिबार | 28 March, 2024

थप ३ हजार ६ सय ५१ जनामा कोरोना संक्रमण, २२ जनाकाे मृत्यु

- विशेष खबर सोमबार २५, साउन २०७८ ०६:०८

थप ३ हजार ६ सय ५१ जनामा कोरोना संक्रमण, २२ जनाकाे मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार ६ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ४४५ पीसीआर परीक्षण गर्दा २ हजार ६०९ र ६  हजार १४९ एन्टीजेन परीक्षण गर्दा १ हजार ४२ गरी जम्मा ३ हजार ६५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २२ जनाको मृत्यु भएको छ भने १ हजार ७८४ जना निको भएका छन् ।

सोमबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख १७ हजार ४८६ पुगेको छ । तीमध्ये १० हजार ११५ जनाको मृत्यु भएको छ भने ६ लाख ७१ हजार ८३ जना संक्रमणमुक्त भएका छन् ।


#काेराेना संक्रमण #स्वास्थ्य मन्त्रालय

प्रतिकृया दिनुहोस