२०८१ बैशाख ०७ गते शुक्रबार | 19 April, 2024

थप २ हजार ५४८ जनामा कोरोना संक्रमण, ५५ जनाको मृत्यु

- विशेष खबर आइतबार २४, साउन २०७८ ०४:४३

थप २ हजार ५४८ जनामा कोरोना संक्रमण, ५५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ५४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

९ हजार ३३ पीसीआर परीक्षण गर्दा २ हजार १३७ जना र ३ हजार ३४५ एन्टिजेन परीक्षण गर्दा ४११ गरी २ हजार ५४८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५५ जनाको मृत्यु भएको छ भने २ हजार २९ जना निको भएका छन् ।


#कोरोना संक्रमण

प्रतिकृया दिनुहोस