२०८१ बैशाख ०७ गते शुक्रबार | 19 April, 2024

थप ३ हजार ८४० जनामा कोरोना संक्रमण पुष्टि, ३३ जनाको मृत्यु

- विशेष खबर बुधबार १३, साउन २०७८ ०६:०३

थप ३ हजार ८४० जनामा कोरोना संक्रमण पुष्टि, ३३ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरमा ३ हजार ८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८८६ पीसीआर परीक्षण गर्दा २ हजार ६३४ र ४हजार ९२२ एन्टिजेन परीक्षणमा १ हजार २०६ जना गरी ३ हजार ८४० जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ९९३ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै ३३ जनाको मृत्यु भएको छ । देशभर सक्रिय संक्रमितको संख्या २९ हजार ४४४ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यस्तै १० वर्ष मुनिका ८३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २४५ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ८५९ जनामा कोरोना संक्रमण भएको छ । जसमा काठमाडौं जिल्लामा ५५९, ललितपुरमा २०६ र भक्तपुरमा ९४ जना संक्रमित भेटिएका छन् ।


#काेराेना संक्रमण #स्वास्थ्य मन्त्रालय

प्रतिकृया दिनुहोस