२०८१ बैशाख १२ गते बुधबार | 24 April, 2024

नेपालमा डेल्टा भेरियन्टको उत्परिवर्तन भएको थप ३ वटा नमुना

- विशेष खबर बुधबार १३, साउन २०७८ ०६:४४

नेपालमा डेल्टा भेरियन्टको उत्परिवर्तन भएको थप ३ वटा नमुना

काठमाडौं । नेपालमा बढी संक्रामक मानिएको कोभिड १९ डेल्टा भेरियन्टमा थप उत्परिवर्तन भएको पाइएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै ४७ वटा नमुनाहरुको जिनेमिक पहिचान गर्दा सबै डेल्टा भेरियन्ट (बी.१.६१७.२) पुष्टि भएको र जसमध्ये ३ वटामा थप (के.४.१.७.एन) म्युटेसन भेटिएको छ ।

मन्त्रालयले जेठ मध्यदेखि असार मसान्तसम्म देशका विभिन्न भागहरुबाट विभिन्न उमेर समूहका व्यक्तिहरुबाट संकलित नमुनाहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट छनौट गरी नमुनाहरु सिक्वेन्सिङका असार ३० गते भारत पठाएको थियो ।

यो सहित हालसम्म नेपालमा भेरियन्ट अफ कन्सर्नका रुपमा अल्फा र डेल्टा भेरियन्ट तथा भेरियन्ट अफ इन्टरेस्टका रुपमा कप्पा भेरियन्ट पुष्टि भएको छ । यी भेरियन्टहरु बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरुमा असर पार्ने अध्ययनहरुले देखाएका छन् ।


प्रतिकृया दिनुहोस