२०८१ बैशाख १५ गते शनिबार | 27 April, 2024

पछिल्लाे २४ घण्टामा थप ३ हजार ८९९ जनामा कोरोना पुष्टि, २० जनाकाे मृत्यु

- विशेष खबर मङ्गलबार १२, साउन २०७८ ०६:५३

पछिल्लाे २४ घण्टामा थप ३ हजार ८९९ जनामा कोरोना पुष्टि, २० जनाकाे मृत्यु

काठमाडाैं । पछिल्लाे २४ घण्टामा देशभर थप ३ हजार ८९९ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ६५५ नमूना पिसिआर परीक्षण गर्दा २ हजार ७२६ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ४ हजार ८६३  गर्दा ११७३ मा संक्रमण देखिएको छ।

मुलुकभर जम्मा १७ हजार ५१८ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। 

संक्रमणबाट थप २० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ७५८ पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा १ हजार ७७८ जना कोरोनाबाट मुक्त भएका छन्। 


#काेराेना संक्रमण #स्वास्थ्य मन्त्रालय

प्रतिकृया दिनुहोस