२०८० चैत १५ गते बिहिबार | 28 March, 2024

दुई प्रदेशका प्रमुख फेरिए, लुम्बिनीमा शेरचन र गण्डकीमा गुरुङ सिफारिस

- विशेष खबर मङ्गलबार १२, साउन २०७८ ०६:४५

दुई प्रदेशका प्रमुख फेरिए, लुम्बिनीमा शेरचन र गण्डकीमा गुरुङ सिफारिस

काठमाडौं । मन्त्रिपरिषद्को बैठकले दुई प्रदेशका प्रमुख परिवर्तन गर्ने निर्णय गरेको छ । मंगलबारको बैठकले लुम्बिनी प्रदेशको प्रमुखमा अमिक शेरचनलाई सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् । 

'लुम्बिनीको प्रदेश प्रमुखमा अमिक शेरचनलाई र गण्डकीको प्रदेश प्रमुखमा पृथ्वीमान गुरुङलाई सिफारिस गरिएको छ,' उनले भने ।

गण्डकी प्रदेशमा हाल सीतादेवी पौडेल प्रमुख छन् । उनीभन्दा पहिले शेरचन प्रदेश प्रमुख थिए । लुम्बिनी प्रदेश प्रमुखमा धर्मनाथ यादव छन् ।

यादव र पौडेललाई केपी शर्मा ‌ओली नेतृत्वको एमाले सरकारले प्रदेश प्रमुखमा सिफारिस गरेको थियो । शेरबहादुर देउवा नेतृत्वको सरकार बनेपछि पहिलोपटक प्रदेश प्रमुख फेरिएका हुन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रदेश प्रमुख नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । प्रदेश प्रमुखहरू प्रदेशका लागि संघीय सरकारका प्रतिनिधि हुन् ।


#प्रदेश प्रमुख # मन्त्रिपरिषद्

प्रतिकृया दिनुहोस