- विशेष खबर शनिबार ०९, साउन २०७८ ०५:००
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार १ सय १४ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६२५ पीसीआर परीक्षणमा २ हजार ३०९ र ४ हजार २८५ एन्टिजेन परीक्षणमा ८०५ जना गरी ३ हजार ११४ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १६ जनाको मृत्यु भएको छ र २ हजार १९७ जना संक्रमणमुक्त भएका छन् ।
प्रतिकृया दिनुहोस