२०८० चैत १६ गते शुक्रबार | 29 March, 2024

पहिराले भीमदत्त राजमार्ग अवरुद्ध

- विशेष खबर शनिबार ०९, साउन २०७८ ११:४४

पहिराले भीमदत्त राजमार्ग अवरुद्ध

डाेटी । सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग पुनः अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आज बिहान उक्त राजमार्गको गैरा नजिक पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । सडक माथिबाट ठूलठूला ढुङ्गा र रुखसँगै आएको पहिराका कारण राजमार्ग बन्द भएको हो ।

अवरुद्ध राजमार्ग पुनःसञ्चालनका लागि सडक डिभिजन कार्यालयको डोजर पठाइए पनि पहिराले ठूला ढुङ्गा र रुख ल्याएका कारण पन्छाउन समस्या भइरहेको प्रहरीचौकी गैराले जनाएको छ । पहिराले राजमार्ग अवरुद्ध भएपछि यहाँका पहाडी जिल्लाबाट तराई तथा तराईबाट पहाडका लागि छुटेका सयौँ सवारी साधन र यात्रु बिच बाटामा अलपत्र परेका छन् ।


#सुदूरपश्चिम प्रदेश #डोटी #पहिरो

प्रतिकृया दिनुहोस