२०८१ मङि्सर ०७ गते शुक्रबार | 22 November, 2024

थप २ हजार ७१४ जनामा कोरोना संक्रमण, १ हजार २८८ जना निकाे

- विशेष खबर बिहिबार ०७, साउन २०७८ ०५:२६

थप २ हजार ७१४ जनामा कोरोना संक्रमण,  १ हजार २८८ जना निकाे

काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ७ सय १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,१२२ पीसीआर परीक्षणमा १८५५ जना र ३,७०७ एन्टिजेन परीक्षणमा ८५९ जना गरी २७१४ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै, संक्रमणका कारण २४ जनाको मृत्यु भएको छ भने १२८८ जना संक्रमणमुक्त भएका छन् ।

बिहीबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ७४ हजार ७२६ पुगेको छ । तीमध्ये ९ हजार ९६६१ जनाको मृत्यु भएको छ भने ६ लाख ३७ हजार ६९० जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ३७५ जना रहेका छन् । जसमध्ये २४ हजार ६१६ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ७५९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६३५ जना आईसीयू र १७२ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ५७ बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २०५ जना कोरोना संक्रमित थपिएका छन् ।


#काेराेना संक्रमण

प्रतिकृया दिनुहोस