२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

पछिल्लो २४ घण्टामा थप ३ हजार १०८ जनामा कोरोना संक्रमण पुष्टि, २५ जनाको मृत्यु

- विशेष खबर मङ्गलबार ०५, साउन २०७८ ०५:३६

पछिल्लो २४ घण्टामा थप ३ हजार १०८ जनामा कोरोना संक्रमण पुष्टि, २५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार १०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभरमा १३ हजार १३५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यस्तै २५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जनाएको छ भने १ हजार ५९५ जना निको भएका छन् ।

मंगलबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ७० हजार ९९३ पुगेको छ । तीमध्ये ९ हजार ६०७ जनाको मृत्यु भएको छ भने ६ लाख ३४ हजार ९२७ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ४१९ जना रहेका छन् । जसमध्ये २३ हजार ८३४ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ५८५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ५९२ जना आईसीयू र १७२ जना भेन्टिलेटरमा उपचाररत छन् ।


#काेराेना संक्रमण

प्रतिकृया दिनुहोस