२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

करेन्ट लागेर बालिकाको मृत्यु

- विशेष खबर सोमबार ०४, साउन २०७८ ०३:१०

करेन्ट लागेर बालिकाको मृत्यु

लमजुङ । राइनास नगरपालिका–७ सालफेदीकी एक बालिकाको आफ्नै घरमा टिभी खोल्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ ।

आज बिहान ८ः३५ बजे राकेश पाण्डेकी आठ वर्षीया छोरी सृष्टिले सेट्रोल बक्समा छुन पुग्दा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए ।

'बक्समा तार सर्ट भएको र हाई भोल्टेजका कारण करेन्ट लागेर मृत्यु भयो', प्रहरी निरीक्षक रेग्मीले भने। बालिकालाई उपचारका लागि तत्काल सोही वडामा रहेको सहोदर सामुदायिक अस्पतालमा उपचार गर्न लगे पनि चिकित्सकले मृतक घोषणा गरेको प्रहरी निरीक्षक रेग्मीले बताए ।


#लमजुङ

प्रतिकृया दिनुहोस