२०८१ बैशाख ०८ गते शनिबार | 20 April, 2024

तोलामा ६ सयले घट्याे सुनकाे मूल्य

- विशेष खबर आइतबार ०३, साउन २०७८ ०१:२८

तोलामा ६ सयले घट्याे सुनकाे मूल्य

काठमाडौं । सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला ९३ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावल सुनको भाउ आइतबार ९२ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आजका लागि तेजावी सुनको सुनको प्रतितोला मूल्य महासंघले ९२ हजार एक सय रुपैयाँ तोकेको छ ।

यस्तै चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले घटेको छ ।

शुक्रबार १ हजार ३ सय २० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आइतबार एक हजार दुई सय ९५ रुपैयाँमा झरेको छ ।


#सुन चाँदी

प्रतिकृया दिनुहोस