२०८१ बैशाख ११ गते मङ्गलबार | 23 April, 2024

काेराेनाकाे खोप केन्द्र बढाउन प्रधानमन्त्री देउवाले दिए निर्देशन

- विशेष खबर शुक्रबार ०१, साउन २०७८ ०३:५३

काेराेनाकाे खोप केन्द्र बढाउन प्रधानमन्त्री देउवाले दिए निर्देशन
तस्बिरः प्रधानमन्त्रीको सचिवालय।

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले खोप केन्द्र वृद्धि गरी सेवा दिने व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

खोप केन्द्रहरू कम हुँदा भिडभाड बढेको गुनासोपछि प्रधानमन्त्री देउवाले आज सरकारका मुख्यसचिव शंकरदास बैरागी र स्वास्थ्य सचिव लक्ष्मण अर्याललाई बोलाएर खोप केन्द्र बढाउन निर्देशन दिएका छन्।

प्रधानमन्त्री देउवाको सचिवालयले दिएको जानकारीअनुसार खोप केन्द्रमा धेरै लामो लाइन देखिएकोले आवश्यकताअनुसार खोप केन्द्र थप गर्न प्रधानमन्त्रीले निर्देशन दिएका हुन्।

 


#प्रधानमन्त्री शेरबहादुर देउवा #काेराेनाकाे खोप

प्रतिकृया दिनुहोस