२०८१ बैशाख ०८ गते शनिबार | 20 April, 2024

थप २ हजार ६७६ जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्यु

- विशेष खबर बिहिबार ३१, असार २०७८ ०५:५५

थप २ हजार ६७६ जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २,६७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८२५६ पीसीआर परीक्षणमा १७८२ र ४५१२ एन्टिजेन परीक्षणमा ८९४ जना गरी २६७६ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणबाट थप ३३ जनाको मृत्यु भएको छ भने १७५७ जना संक्रमणमुक्त भएका छन् ।

सक्रिय संक्रमित २६ हजार ६३९ जनामध्ये होम आइसोलेसनमा २४ हजार २५ जना छन् भने अस्पतालमा दुई हजार ६ सय १४ जना रहेका छन् ।

यस्तै कोरोना संक्रमणबाट थप ३३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने‍को संख्या ९ हजार ४६३ पुगेको छ ।


#कोरोना भाइरस संक्रमण

प्रतिकृया दिनुहोस