२०८१ बैशाख १५ गते शनिबार | 27 April, 2024

पछिल्लो २४ घन्टामा २ हजार ९०५ जनामा कोरोना संक्रमण पुष्टि, थप १८ जनाको मृत्यु

- विशेष खबर बुधबार ३०, असार २०७८ ०७:१७

पछिल्लो २४ घन्टामा २ हजार ९०५ जनामा कोरोना संक्रमण पुष्टि, थप १८ जनाको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा २ हजार ९०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

२४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १३ हजार २४ परीक्षणमा २ हजार ९०५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ६०६ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ ।

यस्तै काठमाडौं उपत्यकामा ४२५ जना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा २९४, भक्तपुरमा ६९ र ललिपतुर ६२ रहेका छन् ।


#कोरोना संक्रमण

प्रतिकृया दिनुहोस