२०८१ बैशाख ०७ गते शुक्रबार | 19 April, 2024

पछिल्लो २४ घण्टामा २ हजार ३७० जनामा कोरोना संक्रमण पुष्टि, थप १८ जनाको मृत्यु

- विशेष खबर सोमबार २८, असार २०७८ ०५:४५

पछिल्लो २४ घण्टामा २ हजार ३७० जनामा कोरोना संक्रमण पुष्टि, थप १८ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ३७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार ६८९ पीसीआर परीक्षणमा १ हजार ६९० जना र ३ हजार ८९५ एन्टिजेन परीक्षण गर्दा ६८० गरी २ हजार ३७० जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ भने थप १ हजार १३३ जना निको भएका छन् । नेपाल कोरोना संक्रमितको कुल संख्या ६ लाख ५७ हजार १३९ पुगेको छ । 

यस्तै मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लाे २४ घण्टामा देशभर  थप १८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ४०० पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर २६ हजार ७१२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । जसमध्ये २३ हजार ९४७ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ७६५ संस्थागत आइसोलेसनमा रहेका छन् ।

कोरोनाका बिरामीमध्ये ५४९ जनाको आईसीयू र १६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

 


#काेराेना संक्रमण

प्रतिकृया दिनुहोस