२०८१ बैशाख २६ गते बुधबार | 8 May, 2024

नेपालमा थप २ हजार १६९ जनामा कोरोना संक्रमण, २२ जनाकाे मृत्यु

- विशेष खबर शनिबार २६, असार २०७८ ०५:५५

नेपालमा थप २ हजार १६९ जनामा कोरोना संक्रमण,  २२  जनाकाे मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा २ हजार १६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १० हजार ४ सय १७ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार मुलुकभरमा ६५३० जनाको पिसिआर परीक्षणबाट १३५३ जनामा संक्रमण पुष्टि भएको छ भने ३८८७ जनाको एन्टिजेन परीक्षणबाट ८१६ जनामा पुष्टि भएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १४३२ जना संक्रमणमुक्त भएका छन्।  यस्तै २२ जनाको ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ। 


#काेराेना संक्रमण

प्रतिकृया दिनुहोस