२०८१ जेठ ०१ गते मङ्गलबार | 14 May, 2024

१ हजार ८७५ जनामा कोरोना संक्रमण, थप २९ जनाको मृत्यु

- विशेष खबर बिहिबार २४, असार २०७८ ०५:१८

१ हजार ८७५ जनामा कोरोना संक्रमण, थप २९ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ८७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १० हजार ५ सय ४ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार मुलुकभरमा ५३७४ जनाको पिसिआर परीक्षणबाट १२१८ जनामा संक्रमण पुष्टि भएको छ भने ५१३० जनाको एन्टिजेन परीक्षणबाट ६५७ जनामा पुष्टि भएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १२८६ जना संक्रमणमुक्त भएका छन्। 

यस्तै २९ जनाको ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ९३२० पुगेको छ।


#कोरोना भाइरस संक्रमण #स्वास्थ्य मन्त्रालय

प्रतिकृया दिनुहोस