२०८१ बैशाख १७ गते सोमबार | 29 April, 2024

थप १ हजार ७१८ जनामा कोरोना संक्रमण, १५ जनाको मृत्यु

- विशेष खबर मङ्गलबार २२, असार २०७८ ०५:३०

थप १ हजार ७१८ जनामा कोरोना संक्रमण, १५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ७१८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार ५०३ पीसीआर परीक्षणमा मंगलबार थप १ हजार ७१८ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ लाख ४८ हजार ८५ पुगेको छ ।

यस्तै एन्टिजेन विधिद्वारा गरिएको ५ हजार ८२ परीक्षणबाट ९१६ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १२ हजार ५८५ परीक्षणमा २ हजार ६३४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ५६५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ६ लाख १२ हजार ९९४ रहेको छ ।

नेपालमा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार २६३ पुगेको छ ।

 


#कोरोना भाइरस #स्वास्थ्य मन्त्रालय

प्रतिकृया दिनुहोस