२०८१ जेठ ०१ गते मङ्गलबार | 14 May, 2024

उपत्यकामा जोरबिजोर प्रणाली हट्यो

आइतबार २०, असार २०७८ ०६:११

उपत्यकामा जोरबिजोर प्रणाली हट्यो

काठमाडौँ । काठमाडौं उपत्यकामा निजी तथा सार्वजनिक सवारी साधनमा लगाइएको जोर विजोर प्रणाली हटाइएको छ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीले असार २२ गतेदेखि लागू हुने गरी जारी गरेको निषेधाज्ञाको आदेशमा जोर विजोर प्रणाली हटाइएको हाे।

सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने गरी स्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न भनिएको छ । यस्तै, सफा टेम्पु र निलो माइक्रोलाई स्वास्थ्य मापदण्डको पालनासहित सञ्चालन गर्न अनुमति दिइएको छ ।

प्रशासनको अनुमतिमा लामो तथा छोटो दुरीका सार्वजनिक तथा निजी सवारीसाधनहरु उपत्यकामा प्रवेश गर्न पाउने छन् ।

प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीद्वारा जारी आदेशमा एउटा हलमा २५ जनाभन्दा बढी बस्न नपाउने गरी परीक्षा स्थान सञ्चालन गर्न दिने उल्लेख छ ।

असार ३१ गतेसम्म निषेधाज्ञा जारी रहने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।


प्रतिकृया दिनुहोस