२०८१ जेठ ०१ गते मङ्गलबार | 14 May, 2024

पहिरोसँगै आएको ढुंगा लागेर २ जनाको मृत्यु, पाँच वटा गाडीमा क्षति

- विशेष खबर शनिबार १९, असार २०७८ १०:३४

पहिरोसँगै आएको ढुंगा लागेर २ जनाको मृत्यु, पाँच वटा गाडीमा क्षति
फाइल तस्बिर

काठमाडौं । लगातारको वर्षासँगै आएको पहिरोले पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका- १० जवाङखाेलामा सडकमाथिबाट खसेको ढुंगाले किचेर दुइ जनाको मृत्यु भएको छ ।

मुग्लिनबाट काठमाडौँ जादैँ गरेको ना ८ ख ४५४० नम्बरको ट्रकमाथि पहिरोसँगै ढुंगा खस्दा सहचालक चितवन भण्डाराका दोर्जे भनिने बिरवल प्रजाको च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी महेन्द्र खड्काले बताए।

यस्तै पहिरोले ट्रकमै सवार अर्का एक जना सुदीप प्रजा घाइते भएका छन् भने चालक सकुशल छन् ।

खड्काका अनुसार भारत घर भएकी ४३ वर्षीया सोनी देवीको पनि उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको छ । सोनी चढेको गाडी पनि पहिरोमा परेको थियो । पहिरोले लागेपछि सोनी देवी घाइते भएकी थिइन् । उनलाई गण्डकी अस्पतालमा उपचारको लागि लगिएको थियो । 

जिप्रका धादिङका प्रहरी निरीक्षक रन्जन अवाका अनुसार पहिरोले ५ वटा गाडीमा क्षति पुर्‍याएको छ । उनका अनुसार बा१२ च ७१५६ नम्बरको म्याजिक, ना७ख ३२० नम्बरको ट्रक, टीएन २८ एए०१२० नम्बरको भारतीय ट्रक, बा१ग २८३१ नम्बरको ट्रकमा पहिरोले क्षति पुर्‍याएको छ । बिहान पहिरोले बन्द राजमार्ग अहिले एकातर्फी खुलेको छ । पहिरो हटाउने कार्य भइरहेको छ ।


प्रतिकृया दिनुहोस