मङ्गलबार ०९, बैशाख २०७७ ०४:४१
काठमाडौं । उदयपुरमा अर्को एकजनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनी ३३ वर्षका पुरुष हुन् ।
उदयपुरबाट स्वाब (नमुना) संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशालामा पीसीआर बिधिबाट परीक्षण गर्दा ती व्यक्तिमा काेराेना संक्रमण पुष्टि भएकाे स्वाास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकाेटाले मंगलबारकाे नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन्।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३२ पुगेको छ। तीमध्ये ४ जना निको भएर घर फर्किसकेका छन्।
प्रतिकृया दिनुहोस