आइतबार ०६, असार २०७८ ०६:५८
काठमाडाैं । काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा थपिएको छ। उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको आइतबार साँझ बसेको बैठकले असार ८ गतेदेखि एक साताका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो।
अब उपत्यकामा असार १४ गतेसम्म हुने निषेधाज्ञा खुकुलो बनाइने भएको छ। निजी सवारीलाई जोर-बिजोरअनुसार चल्न दिइने छ।
काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीका अनुसार आइतबार, मंगलबार र बिहीबार एक चरणमा र सोमबार, बुधबार र शुक्रबार अर्को चरणमा गरी फेन्सी, सपिङ मललगायत तयारी पसललाई दिन बिराएर सञ्चालन गर्न दिइने छ ।
खाद्यान्न, दूध, किताब पसललगायतका पसलहरू बिहान ११ बजेसम्ममात्र खोल्न दिइनेछ। रेष्टुरेन्ट, होटलहरूले भने टेक अवे र होम डेलिभरी गर्न पाउनेछन्। निर्माण सामग्रीका पसलहरू बिहान ११ देखि साँझ ६ बजेसम्म खोल्न पाइने छन्।
शैक्षिक संस्थाबाहेक सबै किसिमका सरकारी कार्यालय न्यूनतम जनशक्ति राखेर खुला गरिने छ ।
प्रतिकृया दिनुहोस