२०८१ मङि्सर १० गते सोमबार | 25 November, 2024

रोङ्सीमा जमेको ताल चिनियाँ पक्षले खुलायो

आइतबार ०६, असार २०७८ ११:५२

रोङ्सीमा जमेको ताल चिनियाँ पक्षले खुलायो

दोलखा । पहिरोले थुनिएको तिब्बततर्फको रोङसी खोलाको तालबाट पानीको निकास गराउन चिनियाँ पक्ष सफल भएको छ ।

शुक्रबार राति चीनको तीङग्री काउन्टी नजिकै पहिरोले तामाकोसीको सहायक रोङसी खोला थुनिएको ३५ घण्टापछि पानीको निकास दिइएको हो ।

ताल बनेको रोङसी खोलाबाट चिनियाँ टोलीले सुरक्षित रूपमा पानीको निकास गराएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए ।

पहिरोले थुनिएको तालमा एक लाख घनमिटरभन्दा बढी पानी जम्मा भएको उनले जानकारी दिए।

सावधानी अपनाएर उक्त तालबाट पानीको निकास दिइएको चिनियाँ पक्षले बताएको उनले जानकारी दिए । तत्कालका लागि तामाकोसी तटीय क्षेत्रमा संकट टरेको घिमिरेले बताए ।

माथिल्लो भेगमा वर्षा जारी रहेकाले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन भने उनले आग्रह गरेका छन् ।

रोङसीको निकासपछि तामाकोसी बहाव घटने र बढ्ने भइरहेको छ ।


प्रतिकृया दिनुहोस