२०८१ जेठ ०१ गते मङ्गलबार | 14 May, 2024

बाढीपहिराेले हेलम्बुमा अझै २३ जना बेपत्ता

शनिबार ०५, असार २०७८ १०:१०

बाढीपहिराेले हेलम्बुमा अझै २३ जना बेपत्ता

सिन्धुपाल्चाेक । हेलम्बु गाउँपालिकाले यही असार १ गते साँझ मेलम्ची खोलामा  आएको  आकष्मिक र अकल्पनीय बाढीले हालसम्म २३ स्थानीयबासी बेपत्ता भएका जनाएको छ । 

गाउँपालिकाको वडा १ सेमेसिदाङ हिमाल मुनी रहेको भेमाथाङ चौरमा गएको  भीषण पहिरो र यसपछि आएको बाढी परी ती स्थानीयबासी बेपत्ता भएका  गाउँपालिकाद्वारा शनिबार यहाँ जारी विज्ञप्तिमा उल्लेख छ । 

बेपत्ता हुनेमा चार महिला र १९ पुरुष रहेका छन् । ती मध्ये   मेलम्ची खानेपानी आयोजनामा कार्यरत तीन भारतीय र तीन चिनियाँ नागरिक समेत छन् ।

गाउँपालिकाले शनिबार मानवीय र भौतिक क्षतिको हालसम्मको विवरण  पनि सार्वजनिक गरेको छ । बाढीमा परी बेपत्ता हुनेको सङ्ख्या अझ बढ्ने जनाइएको छ ।

गाउँपालिकाले शनिबार नै एक सूचना जारी गरी अझै पहिरो र बाढीको जोखिम रहेको जनाउँदै उच्च साबधानी तथा सतर्कता अपनाउन स्थानीयबासीलाई आग्रह गरेको छ । (रासस)


प्रतिकृया दिनुहोस