२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

बाख्रा चराउन गएका २ बालबालिकाकाे पुरिएर मृत्यु

बिहिबार ०३, असार २०७८ ०९:१८

बाख्रा चराउन गएका २ बालबालिकाकाे पुरिएर मृत्यु

डाेटी । लगातारकाे वर्षाले डोटीमा पहिरोमा पुरिएर दुई बालबालिकाको मुत्यु भएको छ ।

बिहीबार साँझ जिल्लाको दिपायल सिलगढी नगरपालिका-५ का ७ बर्षीय बालक बिनोद भण्डारी र ११ बर्षीया बालिका जेनिषा विष्टको मृत्युु भएको हाे ।

जिल्ला प्रहरी कार्यालय डोटी प्रहरी प्रमुख दानबहादुर मल्लका अनुसार उनीहरुको दिपायल सिलगढी नगरपालिका-५ चिसापानी भन्ने ठाउँमा अाएकाे पहिरोमा पुरिएका हुन् ।

पानी परिरहेका बेला बाख्रा चराउन गएका उनिहरु अाेडारमा अाेत बसेको बेला माथिबाट पहिरो खसेकाे थियाे । नेपाल प्रहरी, स्थानियले पहिरो पन्छ्याउदा उनिहरु मृत फेला परेका थिए । 

बुधबार मात्रै जिल्लाको केआई सिंह गाउपालिकाका ६२ वर्षीय खडक बहादुर बमकाे पहिरोमा परि ज्यान गएको थियो ।


प्रतिकृया दिनुहोस