२०८१ बैशाख १७ गते सोमबार | 29 April, 2024

आजदेखि नयाँ शैक्षिक सत्र

मङ्गलबार ०१, असार २०७८ ०८:००

आजदेखि नयाँ शैक्षिक सत्र

काठमाडाैं । सरकारले आजदेखि नयाँ शैक्षिक सत्र सुरू गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आजदेखि शैक्षिक सत्र सुरू गरे पनि पढाइ भने तत्काल नहुने जनाएको छ।

कोरोना महामारी नै कायम रहेकोले भौतिक रूपमा विद्यालयमा विद्यार्थी उपस्थित गराएर पढाइ गर्न अझै केही समय लाग्ने भएको छ।

यस्तै असार १५ सम्म विद्यार्थीका हातहातमा पाठ्यपुस्तक वितरण गरिसक्ने मन्त्रालयले जनाएको छ। शैक्षिक सत्रसँगै भर्ना अभियान सुरू भएको छ। भर्चुअल माध्यमबाट पनि पठनपाठनको व्यवस्थापन मिलाइने मन्त्रालयले बताएको छ। 

सरकारले यसवर्ष माध्यमिक शिक्षा परीक्षा एसईई विद्यार्थीको आन्तरिक मूल्यांकनबाटै गर्ने भएको छ। साउन १५ भित्र एसईईको परीक्षाफल प्रकाशन गर्ने गरी तयारी गरिएको छ जसका लागि विद्यालयहरूले विद्यार्थीको आन्तरिक मूल्यांकनको नम्बर असार २० भित्र पठाइसक्नुपर्नेछ।

कोरोना महामारीले गर्दा असार १ देखि शैक्षिक सत्र सुरू गरिएको हो। मन्त्रालयले गत जेठ २३ मै विज्ञप्ति निकालेर असार १ देखि नयाँ शैक्षिक सत्र सुरू हुने उल्लेख गरेको थियो। 


प्रतिकृया दिनुहोस