२०८१ बैशाख १७ गते सोमबार | 29 April, 2024

काठमाडौं उपत्यकाकाे घरमा खानेपानी आउने तालिका फेरियाे (कहाँ कति दिनमा तालिकासहित)

सोमबार ३१, जेठ २०७८ ०२:४१

काठमाडौं उपत्यकाकाे घरमा खानेपानी आउने तालिका फेरियाे (कहाँ कति दिनमा तालिकासहित)

काठमाडाैं । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले २ देखि १२ दिनको अन्तरालमा मात्रै घर-घरमा खानेपानी आउने गरी कार्यतालिका प्रकाशित गरेको छ ।

कीर्तिपुर क्षेत्रमा २ दिन बिराएर पानी आउनेछ भने ललितपुर क्षेत्रमा १२ दिनको अन्तरमा पानी आउनेछ । असार १ गतेदेखि मेलम्चीको पानी नआउने भएपछि पानी अभावले गर्दा ठाउँ हेरेर २ देखि १२ दिनको अन्तरमा एकपटक पानी आउने गरी तालिका प्रकाशित गरिएको छ।

गत चैत १५ गतेदेखि काठमाडौं उपत्यकाभित्र मेलम्चीको खानेपानी वितरण गरिएको थियो। असार १ देखि दुई महिना मेलम्चीको पानी सुरूङ परीक्षण गर्न बन्द गर्न लागिएको छ।

मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा ल्याउने गरिएको थियो। उक्त पानी रोकिएपछि उपत्यकाभित्र पानीको समस्या हुने देखिएको छ।


प्रतिकृया दिनुहोस