२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

बाैद्धमा बोराभित्र शवकाे केही भाग फेला

मङ्गलबार २५, जेठ २०७८ १२:१६

बाैद्धमा बोराभित्र शवकाे केही भाग फेला

काठमाडाैं । काठमाडौँको बौद्धस्थित नयाँवस्तीको प्लानिङ चउरमा बोराभित्र शवको केही भाग फेला परेको छ ।

मंगलबार बिहान दुँबो टिप्न गएका स्थानीयले बोराभित्र शवको घुँडा र खुट्टाको भाग देखेपछि प्रहरीलाई खबर गरेका थिए । महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नविन कार्कीका अनुसार कतै हत्या गरेर जलाएर शवको एक भाग यहाँ फालेको हुनसक्ने अनुमान छ । दायाँ खुट्टाको भाग अर्ध जलेको अवस्थामा फेला परेको छ । 

कार्कीले शव युवा अवस्थाको मान्छेको हुनसक्ने घटनास्थलमा खटिएका चिकित्सक टोलीले  बताएको जानकारी दिए । साथै शव तीन साता पहिलेको हुनसक्ने चिकित्सकले बताएका छन् ।

अहिले शवको पहिचान भइसकेको छैन । चिकित्सक टोलीसहित प्रहरीले घटनाको अनुसन्धान थालिसकेको छ । 


प्रतिकृया दिनुहोस