२०८१ बैशाख ०७ गते शुक्रबार | 19 April, 2024

३ हजार २४ मा कोरोना पुष्टि, थप ९९ जनाको मृत्यु

आइतबार २३, जेठ २०७८ ०६:०१

३ हजार २४ मा कोरोना पुष्टि, थप ९९ जनाको मृत्यु

काठमाडौँ । २४ घण्टामा देशभर ३ हजार २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले आइतबारको कोभिड ब्रफिङमा दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको १० हजार ४७१ पीसीआर परीक्षणमा ३ हजार २४ जनामा कोरोना पुष्टि भएको हो ।

यसैगरी, ३ हजार २६२ एन्टिजेन परीक्षणमा ४५५ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल ३ हजार ४७९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा पीसीआर परीक्षणबाट कोरोना देखिनेको संख्या ५ लाख ८८ हजार १२४ पुगेको छ ।

यस्तै, २४ घण्टामा ६ हजार ६३६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ४ लाख ९१ हजार ९ पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या ८९ हजार २१७ पुगेको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ९९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ८९८ पुगेको छ ।


प्रतिकृया दिनुहोस