२०८१ जेठ ०१ गते मङ्गलबार | 14 May, 2024

औषधि व्यवसायीमाथि गोली प्रहार, आफन्त पक्राउ

आइतबार २३, जेठ २०७८ ०८:४५

औषधि व्यवसायीमाथि गोली प्रहार, आफन्त पक्राउ

सिरहा । सिरहामा गोली प्रहारबाट एक जना औषधि व्यवसायी घाइते भएका छन्।

मिर्चैया नगरपालिका ४ मा अज्ञात समूहले शनिबार बेलुकी गोली चलाउँदा मेडिकल सञ्चालक करिब ४० वर्षीय रामसागर साफी घाइते भएका हुन्।

साफीमाथि दुइटा गोली लागेको छ। बायाँ तीघ्रा र बायाँ हातमा गोली लागेको प्रहरीले जनाएको छ। उनको मंगलम् अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको अस्पताललाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घरायसी विषयमा गोली चलेको देखिन्छ। दुई जना आफन्त नियन्त्रणमा लिएर थप अनुसन्धान जारी रहेकाे एसपी हीराबहादुर पाण्डेले बताए ।


प्रतिकृया दिनुहोस