२०८१ जेठ ०१ गते मङ्गलबार | 14 May, 2024

नैकापमा पर्खाल भत्कँदा दुईको मृत्यु, दुई घाइते

बुधबार १९, जेठ २०७८ ०२:१८

काठमाडाैं । काठमाडौँको चन्द्रागिरि नगरपालिका–१३ पुरानो नैकाप नजिकै रहेको कङ्कालीमा ढुङ्गाको पर्खाल भत्किँदा  दुई जनाको मृत्यु भएको हो ।

महानगरीय प्रहरी प्रभाग बलम्बुका प्रमुख, प्रहरी निरीक्षक गणेशचन्द्र कोइरालाले जग्गामा लगाइएको पर्खाल भत्किएर किच्दा बुधबार दुईको मृत्यु र अन्य दुई जना घाइते भएको  जानकारी दिए। 

मृत्यु हुनेमा उदयपुरका ३५ वर्षीया सीता राई र मकवानपुरका २० वर्षीय टेकबहादुर चेपाङ रहेका छन् ।

घाइते हुनेमा उदयपुरका २१ वर्षीय मिलन तामाङ र धादिङका १८ वर्षीय हरि घले रहेका छन् ।

घाइते दुवै जनाको मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा उपचार भइरहेको प्रहरी निरीक्षक कोइरालाले बताए । 


प्रतिकृया दिनुहोस