२०८१ जेठ ०१ गते मङ्गलबार | 14 May, 2024

आइपुग्याे चिनियाँ अनुदानकाे भेरोसेल खोप, ६०-६४ वर्षकालाई लगाउने तयारी

बुधबार १९, जेठ २०७८ १०:०३

आइपुग्याे चिनियाँ अनुदानकाे भेरोसेल खोप, ६०-६४ वर्षकालाई लगाउने तयारी

काठमाडौँ । चीनले अनुदानमा दिएको कोभिड–१९ विरुद्धको भेरोसेल खोप ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई लगाइने भएको छ । जेठ २५ देखि यो खोप लगाउन सुरु गरिने स्वास्थ्य मन्त्रालयले मंगलबार निर्णय गरेको हो । 

चीनले नेपाललाई दोस्रो पटक दिने वाचा गरेको १० लाख डोज खोपमध्ये मंगलबार ९ लाख ८ सय डोज काठमाडौं आइपुगेको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार त्यसमध्ये ८ लाख खोप नेपाल एयरलाइन्सले बेइजिङबाट ल्याएको हो । चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले उपलब्ध गराउने भनेको २ लाख खोपमध्ये मंगलबार बिहान ५० हजार ४ सय र बेलुकी ५० हजार ४ सय गरी १ लाख ८ सय डोज खोप आइपुगेको हो ।

परराष्ट्र मन्त्रालय र काठमाडौंस्थित चिनियाँ दूतावासका अनुसार बाँकी ९९ हजार २ सय डोज बुधबार काठमाडौं आइपुग्नेछ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग गत बिहीबार भएको टेलिफोन संवादमा चिनियाँ राष्ट्रपति सी चिनफिङले थप खोप सहयोग गर्ने घोषणा गरेका थिए । यसअघि चीनले अनुदानमै उपलब्ध गराएको ८ लाख डोज १८ देखि ५९ वर्ष उमेर समूहलाई लगाइसकिएको छ ।


प्रतिकृया दिनुहोस