२०८१ जेठ ०२ गते बुधबार | 15 May, 2024

हेल्थ डेस्कलाई रेडक्रसकाे सहयाेग

सोमबार १७, जेठ २०७८ १०:४९

हेल्थ डेस्कलाई रेडक्रसकाे सहयाेग
बैतडीकाे पुर्चाैडी नगरपालिकामा कोरोना नियन्त्रणका लागि सचेतना अभियानमा संलग्न स्वयंसेवकहरु।

बैतडी । झुलाघाट नाकास्थित हेल्थ डेस्कलाई नेपाल रेडक्रस सोसाइटी बैतडीले स्वास्थ्य सामग्री सहयाेग गरेको छ । 
कोरोना भाइरसको दोस्रो लहर तीव्र रुपमा बढेपछि अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीका लागि स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको हो ।

युनिसेफ नेपालको सहयोगमा नेपाल रेडक्रसबाट सञ्चालित कोभिड–१९ पूर्वतयारी तथा प्रतिकार्य कार्यक्रमले झुलाघाटमा रहेको हेल्थ डेस्कलाई मास्क ४ सय पिस, सेनिटाइजर १ लिटर,  २ सस पिस ग्लोब्सलगायतका स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेको रेडक्रसका फिल्ड सुपरभाइजर देवबहादुर महराले बताए ।  

हेल्थ डेस्कमा पुगेर रेडक्रस बैतडीका सदस्य पूर्णानन्द लेखकले शुक्रबार स्वास्थ्यकर्मीलाई उक्त सामग्री हस्तान्तरण गरेका थिए । भारतबाट नेपाल भित्रिने नागरिकको स्वास्थ्य जाँचका लागि नाकामा हेल्थ डेस्क राखिएको हो ।  

कोभिड–१९ पूर्व तयारी तथा प्रतिकार्य कार्यक्रमले पुर्चौडी नगपालिकाका सबै वडा र दशरथचन्द नगरपालिकाका केही वडामा प्रतिकार्य समूह गठन गरी कोरोना रोकथाम तथा नियन्त्रण र सर्वसाधारण बासिन्दालाई जागरुक गराउन थालेको छ ।  

प्रतिकार्य समूहका सदस्य तथा स्वयंसेवकहरु प्रत्येक टोलमा गएर कोरोना संक्रमणबारे जागरुक गराउन थालेको फिल्ड सुपरभाइजर महराले बताए । कोरोना नियन्त्रणमा खटिएका स्वयंसेवकका सुरक्षाको लागि पुर्चौडी नगरपालिकाका १० वटै वडामा १ हजार ५ सय मास्क र ५ लिटर सेनिटाइजनरसमेत वितरण गरिएको उनले बताए ।                                         


प्रतिकृया दिनुहोस