२०८१ जेठ ०२ गते बुधबार | 15 May, 2024

थप १४ जनामा कोरोना संक्रमण पुष्टि

शुक्रबार ०५, बैशाख २०७७ ११:१०

थप १४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ — शुक्रबार एकैदिन नेपालमा कोरोना संक्रमित १४ जना थपिएका छन् । स्वास्थ्य मन्त्रालयले उदयपुरमा १२ र चितवनमा २ जना थपिएको पुष्टि गरेको छ ।

मन्त्रालयले आफ्नो आधिकारिक वेबसाइटमा शुक्रबार साँझ अध्यवाधिक गरेको तथ्यांकअनुसार यसअघिका १६ गरी नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । 

मन्त्रालयका अनुसार चितवनमा पुष्टि भएकामा एक २७ वर्षीय पुरुष र ६३ वर्षीया महिला छन्। उदयपुरमा संक्रमण पुष्टि भएकामाहरुमा पनि सबै पुरुष नै छन्। उनीहरुको उमेर ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ वर्ष रहेको छ। ३० जना संक्रमित मध्ये एकजना उपचारपछि निको भएर घर फर्किइसकेका छन्।


#काेराेना

प्रतिकृया दिनुहोस