२०८१ जेठ ०३ गते बिहिबार | 16 May, 2024

प्रतिनिधिसभा विघटन मुद्दाको पेसी मंगलबार

आइतबार १६, जेठ २०७८ ०७:३३

प्रतिनिधिसभा विघटन मुद्दाको पेसी मंगलबार

काठमाडौँ । प्रतिनिधिसभा विघटनको विपक्षमा परेका रीटको सुनुवाइका लागि मंगलबार संवैधानिक इजलासमा पेसी तोकिएको छ ।

आइतबारको बहसमा कांग्रेस सभापति शेरबहादुर देउवा तथा १ सय ४६ रीट निवेदक सांसद्कातर्फबाट बहस गरेका वकिलहरूले संवैधानिक इजलासको गठनमाथि प्रश्न उठाएका थिए । वरिष्ठ अधिवक्ता शम्भु थापा र गोविन्द बन्दीलगायत वकिलहरूले इजलासमा न्यायाधीशहरु बमकुमार श्रेष्ठ र तेजबहादुर केसीलाई राखिएकोमा प्रश्न उठाएका थिए ।

उनीहरुकले अहिलेको राजनीतिक परिस्थिति उत्पन्न हुनुमा नेकपा विभाजन गर्ने सर्वोच्चको फैसलालाई कारण भन्दै श्रेष्ठले त्यो आदेश गरेको र केसीले त्यसमाथि पुनरावलोकन दिन अस्वीकार गरेको भन्दै यी दुई न्यायाधीशलाई प्रतिनिधिसभा विघटन मुद्दाको इजलासलमा राख्न नमिल्ने तर्क गरेका थिए ।


प्रतिकृया दिनुहोस