२०८१ बैशाख २१ गते शुक्रबार | 3 May, 2024

काठमाडाैं उपत्यकामा निषेधाज्ञा कडाइ, खाद्यान्न चाहिएमा सम्पर्क गर्न प्रशासनको आग्रह

- विशेष खबर शुक्रबार १४, जेठ २०७८ ०७:२१

काठमाडाैं उपत्यकामा निषेधाज्ञा कडाइ, खाद्यान्न चाहिएमा सम्पर्क गर्न प्रशासनको आग्रह

काठमाडाैं । काठमाडाैं उपत्यकाका तीन जिल्ला (काठमाडाैं, ललितपुर र भक्तपुर) मा आजदेखि निषेधाज्ञा थप कडा बनाइएको छ । अबको एक हप्ता कडाइका साथ निषेधाज्ञा लागू गरिएको तीनवटै जिल्ला प्रशासनले जनाएका छन् ।

यसअघि बिहान फलफूल र तरकारी पसलसँगै खाद्यान्न पसल पनि सञ्चालन हुँदै आएकामा आजदेखि एक हप्ता खाद्यान्न र किराना पसल पनि खोल्न नपाइने भएको छ । तरकारी, फलफूल, मासु, डेरी, खानेपानी र ग्यास पसल भने बिहान ९ बजेसम्म खोल्न पाइने छ । 

यसअघि जारी गरिएका गाडीका पास खारेज गरिएको छ भने विकास निर्माणसँग सम्बन्धित गाडी सञ्चालनमा पनि रोक लगाइएको छ । निषेधाज्ञामा स्वास्थ्य सुरक्षा मापदण्ड उल्लङ्घन गर्नेविरुद्ध जेल सजायसम्म हुने प्रावधान छ ।

यसैगरी, जिल्ला प्रशासन कार्यालय काठमाडाैंले यो अवधिमा कसैलाई खाद्यान्न अभाव भएर किन्नु परेमा नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकोतर्फबाट मोबाइल गाडीमार्फत पालिकाहरुसँग समन्वय गरेर व्यवस्थापन गरिने विज्ञप्तिमार्फत जनाएकाे छ । 

एक हप्ताभित्र खाद्यान्न अभाव भएमा नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहन प्रकाश चन्द ९९८५१३२०३१४०, विभागीय प्रमुख भीमबहादुर थापा ९९८५११३६७८५० र प्रादेशिक प्रमुख थापाथलीका ज्ञानु थापा ९९८५११२१७८८० लाई फोन गर्न सकिनेछ । 

यस्तै साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठ ९९८५१०२२५६४०, नायब कार्यकारी अधिकृत कुमार राजभण्डारी ९९८५१०३३३०३, विभागीय प्रमुख सवल रिजाल ९९८५१११३६६००, र प्रज्वल प्रधान ९९८४१३३२९९०० लाई फोन गर्न सकिने काठमाडाैं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले विज्ञप्ति निकालेर जानकारी गराएका छन् ।


प्रतिकृया दिनुहोस