२०८१ जेठ ०२ गते बुधबार | 15 May, 2024

उपत्यकामा निषेधाज्ञा जेठ २० गतेसम्म थपियो, खाद्यान्‍न पसल पनि बन्द

मङ्गलबार ११, जेठ २०७८ ०९:३४

उपत्यकामा निषेधाज्ञा जेठ २० गतेसम्म थपियो, खाद्यान्‍न पसल पनि बन्द

काठमाडौँ । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयको संयुक्त बैठकले निषेधाज्ञाको अवधि एक साता लम्ब्याएको छ ।

मंगलबार बसेको बैठकले जेठ २० गते राति १२ बजेसम्म निषेधाज्ञा लम्ब्याउँदै यो अवधिमा खाद्यान्‍न पसल पनि बन्द गर्ने निर्णय गरेको छ । हरियो सागसब्जीको हकमा भने बिहान ९ बजेसम्म पसल खोल्न पाइने छ ।  

विकास निर्माणसँग सम्बन्धित सबै सवारी साधनलाई सञ्‍चालनमा रोक लगाइएको छ । यसअघि जारी गरिएका सवारी पास खारेज गरिएको छ ।

मृत्यु संस्कार, विवाह लगायतका सवारी साधनलाई भने तोकिएका मापदण्डभित्र रहेर अनुमति दिइनेछ । विवाहका लागि एउटा सवारी साधनमात्रै अनुमति दिइने र त्यसमा अधिकतम ७ जनालाई मात्र यात्र अनुमति दिइने छ ।

यसअघिको निषेधाज्ञाभन्दा अब हुने प्रावधानमा कडा सर्त छन् । उल्लंघन गरेको पाइए उल्लंघन गर्नेलाई कैद र जरिवानासमेत गर्ने गरी आदेश जारी गरिएको छ ।


प्रतिकृया दिनुहोस