२०८२ असार १७ गते मङ्गलबार | 1 July, 2025

अनुमति बिना अर्को जिल्ला जान रोक

बिहिबार ०४, बैशाख २०७७ ०८:१३

अनुमति बिना अर्को जिल्ला जान रोक
फाइल तस्बिर ।

काठमाडौं ।  गृह मन्त्रालयले लकडाउन अवधिभर अनुमति बिना एक जिल्लाबाट अर्को जिल्लामा जान रोक लगाएको छ ।कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि गृहले ७७ वटै जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपीएफ) र ७ वटै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई परिपत्र गरेर एक जिल्लाबाट अर्को जिल्लामा आवतजावत गर्न नदिन भनेको छ।

गृहको यो निर्णयसँगै विभिन्न जिल्लाबाट घर फर्किन हिँडेकामाथि थप समस्या पर्ने छ। गृहले हाल बसोबास गरिरहेको स्थानबाट अन्यत्र नजान पनि सर्वसाधारणलाई अपिल गरेको छ।

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले लकडाउन अवधिभर सर्वसाधारणलाई एक जिल्लाबाट अर्को जिल्लामा जान नदिने गरी सुरक्षा व्यवस्था मिलाउन प्र्शासन र सुरक्षा निकायलाई परिपत्र गरिएको जानकारी दिए।

निर्देशन अवज्ञा गरेर हिँड्नेलाई संक्रामक रोग नियन्त्रण ऐन अनुसार कारबाही गरिने उनले बताए। वैशाख २ गते नै बसेको मन्त्रिपरिषद् बैठकले भारतीय सीमा नाका अनिश्चितकालका लागि बन्द गर्दै नाका सिल गर्न थप सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको थियो।


#काेराेना भाइरस

प्रतिकृया दिनुहोस