२०८१ मङि्सर १४ गते शुक्रबार | 29 November, 2024

काठमाडौंमा 'भेरोसेल' खोपको दोस्रो डोज भोलिबाट

शनिबार ०१, जेठ २०७८ १२:३७

काठमाडौंमा 'भेरोसेल' खोपको दोस्रो डोज  भोलिबाट

काठमाडौं । काठमाडौंमा भोलिदेखि कोरोना भाइरसविरुद्धको 'भेरोसेल' खोपको दोस्रो डोज प्रदान गरिँदैछ। चीनमा उत्पादित 'भेरोसेल' भ्याक्सिन दिन चैत २५ बाट लगाउन सुरु गरिएको थियो। चीन सरकारले आठ लाख भेरोसेल खोप उपलब्ध गराएको थियो।

वाग्मती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जारी गरेको सूचनामा पहिलो डोज लगाएका व्यक्तिले आफू निकट पालिका, वडा र खोप केन्द्रमा गएर खोप लगाउन सकिने उल्लेख गरिएको छ।

सूचना अनुसार चैत २५, २६,२७ र २८ गते भेरोसेलको पहिलो डोज लगाएकाले जेठ २ गते, चैत २९ र ३० गते लगाएकाले जेठ ३ गते, चैत ३१ र बैशाख २ गते खोप लगाएकाले जेठ ४ गते, बैशाख ३ र ४ गते लगाएकाले जेठ ५ गते, बैशाख ५ र ६ गते खोप लगाएकाले जेठ ६ गते दोस्रो डोज लगाउन सक्नेछन्।

यस्तै, बैशाख ७, ८, ९ र १० गते पहिलो खोप लगाएकाहरुले जेठ ७ गते, बैशाख ११ र १२ गते लगाएकाले जेठ ८ गते, बैशाख १३ गते पहिलो डोज लिएकाले जेठ ९ गते दोस्रो डोज लिन सक्नेछन्।

बैशाख १४ गते पहिलो डोज लिएका व्यक्तिहरुले जेठ १० र बैशाख १५ गते खोप लिएकाले जेठ ११ गते दोस्रो डोज लगाउन सक्नेछन्।

काठमाडौंमा संक्रमण फैलिरहेको अवस्थामा महानगरपालिकाको ३२ वटै वडाबाट प्रदान गरिनेछ। त्यसका लागि ३२ वटा खोप केन्द्रहरु छुट्याइएको छ। चन्द्रागिरी नगरपालिकामा तीनवटा खोप केन्द्र तय गरिएको छ। कीर्तिपुर नगरपालिका, बुढानीलकण्ठ नगरपालिका, गोकर्णेश्वर नगरपालिका, टोखा नगरपालिका, नागार्जुन नगरपालिकामा दुई-दुई स्थानमा खोप केन्द्र तय गरिएको छ। कागेश्वरी मनोहरा नगरपालिका, तारकेश्वर नगरपालिका, शंखरापुर नगरपालिका र दक्षिणकाली नगरपालिकामा भने एक-एक वटा खोप केन्द्र तय गरिएको छ।

 दोस्रो डोज लिन जाँदा पहिलो डोज लगाउँदा दिइएको खोप कार्ड अनिवार्य लगेर बिहान १० देखि ४ बजेसम्म नजिकको खोप केन्द्रमा गएर लगाउन सक्नेछन्। काठमाडौंपछि भक्तपुरमा जेठ ४ र ललितपुरमा जेठ ६ गतेबाट भेरोसेलको दोस्रो डोज प्रदान गरिने कार्यतालिका रहेको छ। 


प्रतिकृया दिनुहोस